सुर्खेतमा उसुको क्षेत्रीय छनौट प्रतियोगिता सुरु
मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रीय उसु प्रतियोगिता मंगलवारदेखि सुर्खेतमा सुरु भएको छ । वीरेन्द्रनगरस्थित खुल्ला कभर्डहलमा मंगलबार क्षेत्रीय उसु छनौट प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश गुणराज लुइँटेलले खेलकुदबाट स्वयम् खेलाडीलाई मात्र हैन कि समाज र देश विकासमै फाईदा पुग्छ धारणा राखे ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले यसअघि क्षेत्रीय र राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले पाउने भत्ता लगायत सेवासुविधा बृद्धि हुनु सुखद भएको भन्दै खेलाडीहरुको मनोवल उच्च राख्न र खेलकुदमै भविष्य सुनिश्चित गर्ने वातावरण बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।
वलीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिममा आयोजना गर्न राखेपमा आफुहरुले प्रस्ताव गरिसकेको जानकारी दिंदै सुर्खेतको खुल्ला कभर्डहललाई चाँडै नै अत्याधुनिकमा परिणत गर्ने व्यवस्था मिलाउने आश्वासन पनि दिए ।
पुष ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडी छनोट गर्न मध्य र सुदूरपश्चिमका जिल्लाबाट आएका खेलाडीहरुले क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । क्षेत्रीय प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर २० गते पाँचै विकास क्षेत्रमा एकैसाथ हुँदैछ ।
प्रकाशित मितिः १५ मंसिर २०७३, बुधबार ११:५७
साझा बिसौनी ।