कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
सुर्खेत : नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने भएको छ । आजको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले पेश गरेको विश्वासको मत लिने प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताएका छन् ।
सत्तासाझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् ।
प्रकाशित मितिः ३ बैशाख २०७८, शुक्रबार १६:३९
साझा बिसौनी ।