बेवारिसे शव भेटियो
वीरेन्द्रनगरमा एक जना युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–८, स्थित कभर्डहल अगाडिको खुला चौरमा बिहीवार बिहान शव फेला परेको सुर्खेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले शव चिङ्गाड गाउँपालिका–६, घर भइ हाल वीरेन्द्रनगर–१२ स्थित भावर टोलमा बस्दै आाएका ३५ वर्षीय जितेन्द्र चलाउनेको भएको बताए । शव पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र थप अनुसन्धान भैरहेको डीएसपी घर्तीको भनाइ छ ।
प्रकाशित मितिः ३ बैशाख २०७८, शुक्रबार ०९:१३
साझा बिसौनी ।