एमाले संविधान संशोधन विरोधी होइन : कंडेल
नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् पूर्वमन्त्री यामलाल कंडेलले नेकपा एमाले संविधान संशोधनको विरोधी नभएको बताएका छन् । मंगलवार सुर्खेतमा पत्रकारहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।
उनले संविधान संशोधनको नाममा सत्तास्वार्थको खेल हुन लागिरहेको र मुलुकलाई विखण्डनतर्फ लैजाने प्रयास भइरहेकाले एमालेले त्यसको विरोध गरेको बताए । ‘एमाले संविधान संशोधनको विरोधी होइन, तर अहिले जुन मुद्दालाई लिएर संशोधन गर्ने प्रयास गरिदैछ त्यसको विरोध एमालेले गरेको हो’ उनले भने ।
संविधान कार्यान्वयनको प्रमुख जिम्मेवारी सरकारको भएको तर्क गर्दै उनले संविधान कार्यान्वयनतर्फ लाग्नुपर्नेमा सरकार अहिले सत्ता टिकाउनका लागि संशोधन गर्न अघि सरेको उनको आरोप छ । कंडेलले अहिलेको अवस्थामा संविधानको कार्यान्वयन गर्दै तीन वटै तहको निर्वाचनतर्फ सरकार र सबै दल केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मितिः १४ मंसिर २०७३, मंगलवार १८:५६
साझा बिसौनी ।