प्रदेश भेलाको तयारी पूरा

pp

सुर्खेत, १४ मंसिर । नेकपा एमालेको सुर्खेतमा हुने प्रदेश भेलाको तयारी पूरा भएको छ । एमालेले प्रदेश नं. ६ को कार्यकर्ता भेला मंसिर १७ र १८ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको छ । उक्त भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश कमिटिले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् बरिष्ठ नेता झलनाथ खनाल, महासचिव इश्वर पोख्रेल लगायतका केन्द्रीय नेताहरुको समेत सहभागिता रहेने भेला व्यवस्थापन समितिका संयोजक एवम् एमाले पोलिटब्युरो सदस्य यामलाल कंडेलले जानकारी दिए । उनका अनुसार भेलामा प्रदेश नं. ६ का दस वटै जिल्लाबाट ५ सयको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहनेछ । सोही भेलाबाट एमालेले प्रदेश नं. ६ को प्रारम्भिक घोषणापत्र पनि जारी गर्ने तयारी गरेको छ ।

एमालेले थालेको संविधान कार्यान्वयनका लागि चार महिने जलपरिचालन अभियान अन्तर्गत प्रदेशस्तरीय कार्यकर्ता भेलाको आयोजना गरिएको जनाइएको छ ।