कर्णाली एक्सपोमा भलिवल र लोकनृत्य प्रतियोगिता पनि हुने

सुर्खेत, १४ मंसिर । मंसिर २३ देखि पुस ३ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा हुने कर्णाली एक्सपो अन्तर्राष्टिय व्यापार मेलामा भलिबल र लोकनृत्य प्रतियोगिता पनि सञ्चालन गरिने भएको छ ।

प्रदेशस्तरीय खुला भलिवल प्रतियोगिता र जिल्लाभित्रका विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गरिने भएको हो । जिल्ला खेलकुद विकास समिति र सुर्खेत जिल्लाभलिवल संघसंगको समन्वयमा छैठौं प्रदेशभित्रका जिल्लाबाट बढिमा दुई वटा सम्म टिम सहभागी हुनसक्ने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

भलिवल प्रतियोगितामा पहिलो हुने टीमलाई ७५ हजार, दोश्रोलाई ३५ हजार र तेश्रोलाई १५ हजार नगद पुरस्कार दिइनेछ भने टीमदर्ता शुल्क ५ हजार तोकिएको छ ।

यसैगरी सोही अवसरममा विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता पनि आयोजना गरिने सांस्कृतिक संयोजक हरि विष्टले जानकारी दिए । लोकनृत्यमा प्रथम हुनेलाई १५ हजार, दोश्रोलाई ८ हजार र तेश्रोलाई ४ हजार नगद पुरस्कार दिइने उनले जानकारी दिए ।

प्रकाशित मितिः   १४ मंसिर २०७३, मंगलवार १८:०३