प्रेस युनियनको अध्यक्षमा खड्का

नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा ईश्वरकुमार खड्का चयन भएका छन् । प्रेस युनियन सुर्खेतले मंगलवार सर्वसम्मत् कार्यसमिति चयन गरेको हो ।

युनियनको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, महिला उपाध्यक्षमा लक्ष्मी भण्डारी, सचिवमा मधुवन वीसी, सहसचिवमा चिन्तामणि कंडेल, सहसचिव (महिला)मा मनिषा गुरुङ र कोषाध्यक्षमा भुपेन्द्र घर्ति चयन भएका छन् । सदस्यमा बुद्धिसिंह ठकुरी, सिपि कार्की, रमेश पाण्डे, मानबहादुर वली, मानबहादुर खडका, सुजन थापा र नवीनजंग शाही चयन भएका छन् ।

प्रकाशित मितिः   १ बैशाख २०७८, बुधबार ०६:००