दुई जना संक्रमित थपिए

कर्णालीमा थप दुई जनामा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमवार १५ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित दुवै जना सुर्खेतका हुन् । योसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या सात हजार ६ सय ३२ पुगेको छ । सोमवार ६ जना संक्रमणमुक्त भएका छन् । योसहित कर्णालीमा सात हजार चार सय ३० जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म प्रदेशमा कोरोना संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ । सुर्खेतका १७, दैलेखका सात, सल्यान, रुकुम–पश्चिम, कालीकोट र डोल्पाका एक÷एक र अन्य प्रदेशका तीन जनाको कोरोनाका कारण ज्यान गएको हो । सोमवारसम्म कर्णालीमा २८ जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित सबै सुर्खेतका हुन् । पछिल्लो समय पुनः कोरोना संक्रमणको जोखिम बढेको पाइएको छ । स्वास्थ्य सावधानी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न चिकित्सकहरूले सुझाएका छन् ।

प्रकाशित मितिः   ३१ चैत्र २०७७, मंगलवार १०:०२