बजेट थप्ने निर्णय

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालमा उपकरण खरिदका लागि बजेट थप गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अस्पतालमा स्वास्थ्य उपकरण खरिदका लागि थप बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले लोपोउन्मुुख सीमान्तकृत समुदायको लागि जीविकोपार्जन र आय–आर्जन कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृत गरेको छ ।

यस्तै, मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यमा जाजरकोटका इन्द्रप्रसाद शर्मालाई मनोनित गरेको सरकारकी प्रवक्ता भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिइन् । उनकाअनुसार बैठकले कालीकोटको नरहरीनाथ गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मितिः   ३१ चैत्र २०७७, मंगलवार १०:०१