अध्यक्षमा देवकोटा

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको अध्यक्षमा देवीराम देवकोटा विजयी भएका छन् । देवकोटाले चार सय २९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णु शर्माले तीन सय २१ मत प्राप्त गरेका छन् । निर्वाचन समितिका अनुसार खुला उपाध्यक्षमा चक्रबहादुर खत्री, महिला उपाध्यक्षमा विमला खड्का, महासचिवमा खगेन्द्रप्रसाद भट्टराई, सचिवमा दीपक बुढा, समावेशी सचिवमा अशोक राजी र कोषाध्यक्षमा गणेशकञ्चन भारती विजयी भएका छन् ।

खुल्ला सदस्यमा सुवर्ण शाही, जीवन शाही, दीपकुमार जैसी, नन्दराम जैसी, सरोज वली, जितप्रसाद आचार्य, सुरेन्द्रबहादुर सिंह र हरिबहादुर सिंह विजयी भएका छन् । त्यस्तै, महिला सदस्यमा चिना विक र सुरिता बस्नेत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । चैत २५ गते देशभर एकै दिन प्रत्यक्ष प्रणालीमार्फत महासंघको निर्वाचन भएको थियो । पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखामा नयाँ कार्यसमितिका लागि निर्वाचन गरिएको हो ।

प्रकाशित मितिः   २७ चैत्र २०७७, शुक्रबार ०६:००