बालबालिकालाई कुमारीको सहयोग

कुुमारी बैंक शाखा सुर्खेतले बालबालिकालाई सहयोग गरेको छ । बैंकको २०औं वार्षिकोत्सवको अवसर बराहताल गाउँपालिकास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई टिफिन र पानीको बोटल सहयोग गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर २ गिरीघाटमाा २०७१ सालमा बाढीबाट प्रभावित परिवारका बालबालिकाहरू अध्ययन गर्छन् । उक्त विद्यालयमा गएर सहयोग गरेको बैंकका शाखा प्रबन्धक जगत बोहोराले बताए । उनका अनुसार एक देखि ६ कक्षासम्म पढ्ने ८० जना बालबालिकालाई टिफिन र पानीको बोटल वितरण गरिएको हो । वडा नम्बर २ का अध्यक्ष योवराज कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर सुनारमार्फत विद्यार्थीलाई सहयोग गरिएको बैंकले जनाएको छ ।