उपकुलपतिमा रावल

सुर्खेत: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल नियुक्त भएका छन् । प्रतिष्ठानको निर्देशकको रुपमा कार्यरत रावलले उपकुलपतिको जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले डा. रावललाई उपकुलपति पदमा नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा उनलाई उपकुलपतिमा नियुक्त गरिएको हो । रावल हुम्लाका स्थायी बासिन्दा हुन् ।

सिफारिस समितिले डा. रावलसँगै प्रा.डा. रेशम राना र डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो । महिना दिनदेखि खाली रहेका तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये अब पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन बाँकी छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर क्षेत्री नियुक्त भएका छन् । पाटनका लागि सर्च कमिटीले एक नम्बरमा डा. राजेशनाथ गंगोल, दुई नम्बरमा प्रा.डा. दानबहादुर कार्की र तीन नम्बरमा प्रा.डा. अनिलकुमार मिश्रको नाम सिफारिस गरिसकेको छ ।