एकैपटक एक ६५ सडकको शिलान्यास

देशभर एकैपटक एक ६५ सडकको शिलान्यास गरिएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष
कार्यक्रममा सबै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाटै सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्वीच थिचेर शिलान्यास गरेका थिए ।

निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको हो । नेपालको सडक सञ्जालको क्षेत्रमा यी सडकहरूको रणनीतिक महŒव छ । हरेक निर्वाचन क्षेत्रका सांसदहरूको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरू, अन्तर्राष्ट्रिय विमानस्थल र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरूलाई जोड्ने किसिमका छन् ।

शनिवार शिलान्यास गरिएका सडकको कुल लम्बाई दुई हजार दुई सय १० किलोमिटर छ । ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलान्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरे । उनले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार पाँच सय १२ किलोमिटर भएको जानकारी दिए । उनका अनुसार यो अवधिमा ६ सय २८ वटा सडक पुल (झोलुङ्गे) पुलबाहेक निर्माण भएका छन् ।

प्रकाशित मितिः   २२ चैत्र २०७७, आईतवार ०८:२४