दुव्र्यवहारविरुद्ध सचेतना कार्यक्रम

बालबालिकामाथि हुने दुव्र्यवहार विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगरस्थित एसओएस बालग्राममा शनिवार एक दिने बाल दुव्र्यवहार तथा यसले बालबालिकामा पार्न सक्ने नकारात्मक असरका बारेमा जानकारीमूलक कार्यक्रम गरिएको हो ।
एसओएस बालग्रााम कार्यालय सुर्खेतको मातहत रहेको एसओएस परिवार सवलीकरण कार्यक्रमले विभिन्न सरकारी तथा निजी विद्यालयमा अध्ययनरत छात्रा तथा छात्रहरूलाई शैक्षिक सहयोग गर्दै आएको छ । यसरी सहयोग पाउँदै आएका बालबालिकालाई एसओएसमा आमन्त्रण गरी सचेतना कार्यक्रम गरिएको हो ।
विद्यालय तथा समाजमा हुन सक्ने दुव्र्यवहार र त्यसले पार्न सक्ने शारीरिक, मानसिक तथा संवेगात्मक असरबारे सहभागीबीच अन्तरक्रिया भएको छ । सहभागी छात्रा तथा छात्रहरूले बालिका मात्र दुव्र्यवहारको सिकारमा नपरेको भन्दै बालकहरू पनि पीडित भएको बताए । दुव्र्यवहारजन्य गतिविधि अस्वीकार तथा प्रतिरोध गर्नु पर्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा एसओएस बालग्राम नेपालका राष्ट्रि«य निर्देशक ईश्वरीप्रसाद शर्मा र सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरी सहभागी थिए ।
प्रकाशित मितिः २२ चैत्र २०७७, आईतवार ०८:२२
साझा बिसौनी ।