चुलीकपको उपाधि आयोजकलाई

वीरेन्द्रनगरमा सम्पन्न प्रथम चुलीकप भलिबल प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले नै जितेको छ । प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा शनिवार भएको फाइनलमा रुकुम–पश्चिमको टोलीलाई हराउँदै चुलीले उपाधि चुमेको हो ।

फाइनल प्रतियोगितामा रुकुम–पश्चिमलाई सोझो तीन सेटमा हराउँदै चुलीले उपाधि हात पारेको छ । प्रतियोगिताको विजेता चुली युवा क्लबले दुई लाख नगद र टर्फी पाएको छ । उपाधीको दावेदार रुकुम–पश्चिमले भने उप–विजेतामा चित्त बुझाउनु परेको हो । उसले नगद एक लाख ५० हजार र टर्फी पाएको छ ।

यस्तै, भलिबल प्रतियोगितामा तेस्रो हाम्रो कम्प्युटर सुर्खेत भएको छ भने बनगाड कुपिण्डे युवा क्लब चौथो भएको छ । तेस्रोले नगद एक लाख र चौथोले ५० हजारसहित टर्फी पाएका छन् । आयोजककाअनुसार कर्णाली प्रदेशमा आयोजना भएका भलिबल प्रतियोगिताहरूमा यो हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशी हो ।

प्रकाशित मितिः   १५ चैत्र २०७७, आईतवार ०६:००