साना किसानको स्थापना दिवस

साना किसान कृषि सहकारी संस्था उत्तरगंगाले २५औं स्थापना दिवस तथा रजत महोत्सव मनाएको छ । शुक्रवार एक कार्यक्रमका बीच स्थापना दिवस मनाइएको हो ।

संस्थाले २५ वर्षको अवधिमा गरेका कार्यक्रम समेटेर स्मारिका पुस्तिका प्रकाशन गरिएको छ । कार्यक्रममा संस्थाको विकासका लागि योगदान पु¥याउने संस्थापक सञ्चालक, सल्लाहकार र कर्मचारीहरूलाई सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, म्यूजिकल चियर, हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको छ ।

संस्थाका सदस्य परिवारकामध्ये २०७६ मा एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र र छात्रा गरी एक÷एक जनालाई पुस्कृत गर्नुका साथै सम्मान गरिएको छ । संस्थाले कृषि व्यवसाय गर्ने दुई जना कृषकलाई अनुदान कार्यक्रम अन्तर्गत ४०÷४० हजार सहयोग गरेको जनाएको छ । संस्थाका अध्यक्ष चाँदनी ढकालको अध्यक्षता र वीरेन्द्रनगर नगरपालिकामा प्रमुुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो ।

प्रकाशित मितिः   १४ चैत्र २०७७, शनिबार ०६:००