गाइज

मार्सी उत्सव

गाइज


महेश नेपाली

‘दिदी तपाईंलाई त आजभोली जुम्लामा मरि होली भन्दा हुन् है ?’ रहिनाले एकाएक सबैको ध्यान भङ्ग गरी । मौन रहेका सबैको अगाडि अप्रत्याशित कुरा आउँदा आश्चर्यले राज ग¥यो ।

‘के भन्छ यो ?’ महाशंकरले त आवेगमा प्रश्न गर्छ ।

‘चैता बाह्र गते घर नआयाको जुम्ली म¥यो भुनि जान्नु’ भन्ने उखान छ नी । अनि दिदी त यहीँ हुनुहुन्छ केरे । के भनेका होलान त ?’ ‘अहिले सूचना प्रविधिको युगमा पनि यस्तो हुन्छ त । फेरी दिदी व्यापार वा कामको सिलसिलामा इन्डिया जानुभएको हो र ?’ आइते जवाफ दिन्छ । ‘नाइ के उतिबेला भएको भए भनेको नी हे.हे.. ।’ रहिनाको स्पष्टीकरण । अँ साँच्ची आज मार्सी धानको कथा सुनौं न । यो विषयमा त दिदीले दुई वर्ष अगाडि एक लेभलको अध्ययन नै गर्नुभएको होइन र ? ल भन्नुस् । ‘हो हो दिदीकै कुरा सुनौ न’ बक्राम झुमालाई नै भन्न लगाउँछ ।

‘उसो भए एक राउन लेमन टी थपौं न’ आइते रिजाल नास्ता पसलको काउन्टरसम्म सुनिने आवाजले अर्डर गर्छ । ‘सबैको राय यही हो भने मै भनुला त, अघि रहिनाले भनेको उखानले जुम्ली जनजीवनमा कृषिकर्मको विशेष अर्थ बोकेको छ । संसारकै सबैभन्दा अग्लो स्थान छुमचौरलगायत जिल्लाका धेरै भू–भागमा धान फलेको देख्दा र अरुलाई भन्दा हामी नाक ठूलो भएको जस्तो मान्छौं । त्यसमाथि राजा, राणा र वर्तमानका शासकको समेत प्रिय बनेको र एक ब्रान्ड बनिसकेको मार्सीको बारेमा वर्णन गर्न पाउँदा ।

हिमालमा धान फलाउन पहाड र तराईका मान्छेले गर्नेभन्दा कैयौँ गुना बढी श्रम गर्नुपर्छ । त्यसैले जुम्ली भोट, मधेस जहाँ भए पनि चैता बाह्र (चैत बाह्र) सम्झेर घर आइपुग्नु जरुरी हुन्थ्यो र छ ।

बर्खे बाली धान, सिमी भिœयाइसकेर हिउँदे बाली जौं, गहुँ लगाइसक्यो भने फुर्सद हुन्छ । यसरी फुर्सदिला बनेका जुम्लीहरू हिउँदमा पैसा कमाउनलाई व्यापार तथा ज्याला मजदुरी गर्न देशका विभिन्न स्थान र भारतमा समेत जान्छन् । हिउँदभरि कमाइ गरी बर्खे बाली लगाउन घर आउनुपर्छ । धान बालीको क्यालेन्डर सुरु हुने दिन चैत बाह्र गते जुम्मी घर आएन भने म¥यो होला भने, अनुमान गरिन्थ्यो काज किरिया गरिन्थ्यो भन्ने सुनेकि हुँ ।’ ‘अनि दिदी राणा राजाहरूले पनि मार्सीको भात खाएको कुरा के हो खास ?’ बक्रामको जिज्ञासा । ‘हिजो राजा, राणाहरूलाई भात खुवाउन जुम्लाले करस्वरूप मार्सी चामल दरबारमा पठाउँथ्यो । जंगबहादुर राणादेखि मोहन शमशेरसम्मको जिउनारका लागि हुलाकमार्फत मार्सी चामल दरबारमा पठाइन्थ्यो । जुम्लाबाट मार्सी धान लिनकै लागि हुलाकको स्थापना भएको हो ।’

‘दिदीले धान खेतीको क्यालेन्डर र चैत बाह्र गतेको प्रसंग निकाल्नु भयो । आजभोलि त यो कुरा राजपत्रमा समेत अंकित छ । अझ बुझौं न’ रहिनाको आग्रह ।

‘हो जुम्लामा धानखेतीको आफ्नै क्यालेन्डर छ । त्यसकारण चैत १२ गते धान बताएर (निफनेर) घर नजिकको खोला, पानीको खाडल वा घरकै ठूलो भाँडोमा भिजाउने गरिन्छ । पूरै चार दिनसम्म भिजेको धान चैत १६ गते उतारेर बिहानको घाममा हल्का सुकाइन्छ । त्यसरी सुक्नै आँटेको धान भान्सामा न्यानो गरी भोजपत्र, सल्लाका हरियन झुप्रा (पात, पिरल) र राडीपाखीले छोपेर राखिन्छ । हरेक बिहान–साँझ चिसो मूलको पानी छर्केर बिउ उम्रनलाई अनुकूल बनाइन्छ । यो चक्र चार दिनसम्म चलाउँदा बिउ अंकुराउँछ र २० गते बेर्नामा लगेर छरिन्छ ।

उल्लेखित चैत १२, १६ र २० गते क्रमशः बारुवा, सोरुवा र बिउसा नामले पुकारिने जुम्लीहरूका ठूला पर्व हुन् । सोरुवाको दिनमा धानको चिउरा कुट्ने र ती चिउरा जेठको रोपाइँसम्म खाने गरिन्छ । बिउ बेर्नामा लगेको खुसियालीमा महिलाहरू नजिकैको चौर वा रोपाइँ हुने खेतनजिक जम्मा भइ देउडा गाउने, साँझ मिठो–मसिनो गरी छोरीचेलीसमेत बोलाएर खुवाउने गर्छन् । भेटघाटको यस्तो अवसर जुराइदिने भएकाले पनि धानखेती महŒवपूर्ण मानिन्छ । क्यालेन्डरको समग्र प्रक्रियामा महिला, पुरुष दुवैको प्रत्यक्ष सहभागिता रहन्छ । तर, बिउ राख्ने बेर्ना बनाउन जोत्ने, हिलो बनाउनेलगायत काम पुरुषले नै गर्ने हुनाले पुरुषको सहभागिता अनिवार्य बनेको छ । त्यसैले पनि हिउँदमा कमाउन गएको जुम्ली–पुरुष मार्सी धानको चक्र पूरा गर्न चैत बाह्र गते जताकताबाट आइपुग्नुपर्ने हुन्छ । कथंकदाचित आइपुगेन भने मधेस हुँदै हिमाल चढ्ने जुम्ली मधेसमा औलो लागेर उतै प¥यो होला भनी अनुमान लगाइन्छ । जसरी रहिनाले म मरेको अनुमान लगाइन् ।

सञ्चारको गतिलो साधन नभएको समयमा बालीनाली लगाउन घर नआएको जुम्ली म¥यो होला भनी काजकिरियासमेत गर्ने हुनाले नै माथिको भनाइ जुम्लीको जनजिब्रोले आज पनि भजाइरहन्छन् । पहिलेदेखि नै जुम्लीहरू व्यापार तथा कामको सिलसिलामा भोट–मधेस गरिरहन्थे । त्यसैले जुम्लीहरू आज पनि घुम्ती व्यापारमा माहिर मानिन्छन् ।

चैत २० गते बेर्नामा राखेको बिउको वैशाख १ गते पूजा गरिन्छ, जसलाई जुम्लीहरू तागा लाउने भन्छन् । वैशाखभरिमा हुर्केको बिउ जेठको पहिलो हप्ता रोप्ने भइसक्छ । जुम्ली रोपाइँको संस्कृति पनि आफ्नै खालको छ । बिउ सबैले एकै दिन उमारे पनि रोपाइँ भने सबैले एकै दिन गर्दैनन् । आलोपालो गर्ने परम्परा छ ।

धान रोप्ने जमिन दुई भागमा विभाजन गरिएको हुन्छ । धान मात्र रोप्न मिल्ने खेतलाई च्युटे खेत भनिन्छ भने धान र जौ गरी दुई बाली फल्ने खेतलाई ज्वाडे । यी खेतलाई रोपनी वा मुरीभन्दा पनि ‘भारी’ एकाइमा नापिन्छ । भारी भन्नाले एकजनाले अधिकतम बोक्न सक्ने धान उत्पादन हुने खेत हो ।

एकजनाको न्यूनतम एकदेखि १५–२० भारी खेत हुन्छन् । त्यसैले उसको कम्तीमा १ देखि ४ वटासम्म रोपाइँ हुन्छ । यी प्रत्येक रोपाइँहरूको मिति पनि पूर्वनिर्धारित हुन्छन् । एक रोपाइँका लागि कम्तीमा पनि १० देखि १५ जनासम्म रोप्नेरी (धान रोप्ने महिला) को आवश्यकता पर्छ । सबैको घरमा १० देखि १५ जना महिला हुँदैनन् । यसका लागि परिम अर्थात् आलोपालो लगाउने गरिन्छ । जुम्लामा प्रचलित श्रम सहकार्यको यो नमुना निरन्तर चलिरहेको छ । महिलाहरू जेठभरि रोपाइँमा व्यस्त रहन्छन्–कहिले आफ्नो त कहिले छरछिमेककोमा । जेठमा महिलाहरूले बेस्मारी दुःख पाउने भए पनि सामूहिक रूपमा गरिने काम भएकाले यसले उनीहरूको दुःख भुलाउँछ । यी सुख–दुःखका पनि आफ्नै गीत र लय छन् ।

ऋतुको रानाय, ऋतु, ऋतु आइर गयो, ऋतु रानाय
इल्छा पाती पलैगयो (बोटबिरुवा पलाए), ऋतु रानाय
डिल लस्कै, घाडी छप्कै, मार्सी धानय,
बोबैका जिउनारी लाग्यै, मार्सी धानय,
जियैका (आमा) औसर लाग्यै मार्सी धानय,
बाबैका जिउनारी लाग्यै…काका, काकी …।

यी गीतका पंक्तिहरूले जुम्लामा मार्सी धान रोप्ने समयलाई रोपाइँ गर्ने ऋतु भन्ने बुझाउँछ । ६ वटा ऋतुभन्दा रोपाइँ गर्ने ऋतु फरक हो । यो संसारको सबैभन्दा अग्लो ठाउँमा धान फलाउन गरिने मिहिनेतको ऋतु हो । संसारले विज्ञान र प्रविधिमा ठूलो फड्को मार्दासम्म पनि यत्तिको उचाइमा धान फलाउन सकेको छैन । तर, जुम्लीहरूले युगौंदेखि धान फलाउँदै आएका छन् । त्यसैले रोपाइँ गर्ने ऋतु विशिष्ट खालको ऋतु हो ।

खेतका आलीहरूमा पलाएका स–साना झारपातले मार्सी धान रोप्ने ऋतुको सुरु भएको संकेत गरेको कुरा धानसम्बन्धी लोकसाहित्यबाट बुझ्न सकिन्छ । जसरी चैत १२ गते जुम्लीहरू रोपाइँ सम्झी घर फर्किन्छन्, त्यसरी नै खेतका आली र खोलाकिनारमा पलाएको पालुवाले जुम्ली मार्सी रोप्ने ऋतुको संकेत गर्छ ।’

‘अनि दिदीले पहिला मार्सी धान र विभेदको कुरा पनि गर्नुभएको थियो । त्यतिबेला उती ध्यान दिइएनछ । आज फेरी सम्झाइदिनु प¥यो’ महाशंकर जिज्ञासु बन्छ ।

‘अलिकति माथिकै कुरा छुटेको छ, त्यपछि त्यो कुरा पनि आउँछ । भूगोलका हिसाबले तराईको भन्दा फरक भएको हिमालमा पूर्व छुच्चो, पश्चिम चाक्लो वा त्यस्ता खालका खेत हुन्छन् । तीमध्ये ठूलोलाई पुल्ती डाब भनिन्छ । कुनै पनि खेतको बीच भागमा चार कुना मिलाएर फरक शैलीमा ठूला मुठा रोपेर आकर्षक देखिने गरी बिउको बेग्लै आकृति बनाइन्छ भने त्यसको बिचमा झन्डाजस्तो राखिन्छ । त्यसैलाई स्थानीय भाषामा पुल्ती भनिन्छ । यसबाट धेरै धान हुने खेतलाई सम्मान गरिएको बुढापाकाहरू सुनाउँछन् ।

असारदेखि वैशाखसम्म कसैको घरमा छोरो भए, छोराको बिहे भए, वा कसैको ८४ पूजा भए, सोही उपलक्ष्यमा पुल्ती डाबमा ‘चोपाइँ’ उत्सव मनाउने गरिन्छ । तर, यिनै कुरा छोरीको हकमा भने लागू हुँदैनन् ।

महिनाभरि रोप्ने, गोड्ने काममा महिलाहरूको बढी सहभागिता रहने भए पनि उनीहरूलाई नै बेवास्ता गर्ने गरिँदा मार्सी धानको गरिमा जति उचो भए पनि यससँग जोडिएको विभेदले परम्परालाई खल्लो बनाएको छ ।

अब भयो है । मलाई अलि काम छ । मार्सी धानबारे छलफल गर्नुपर्ने थुप्रै कुराहरू बाँकी नै छन् । पछि पनि बसौंला । मलाई दिदीले अघिदेखि नै फोन गरिरहनु भएको छ ।’ ‘हुन्छ नी दिदी हामीले त मार्सी उत्सव नै गर्नुपर्छ । घनिभुत छलफल गर्नलाई । ल आजलाई छुटौं । चियाको पैसा मेरो है’ आइतेको अजावपछि बसाइको बिट मर्छ ।

प्रकाशित मितिः   १४ चैत्र २०७७, शनिबार ०६:००