शान्ति समाजको केन्द्रीय सचिवमा सेजुवाल

devendra

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सचिवमा सुर्खेतका देवेन्द्र सेजुवाल निर्वाचित भएका छन् । रुपन्देहीको बुटवलमा भएको समाजको १९ औं राष्ट्रिय अधिवेशनमा मानव अधिकार तथा शान्ति समाज, सुर्खेतका निवर्तमान सभापति समेत रहेका सेजुवाल समाजको ६ नं. प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सचिवमा निर्विरोध निर्वाचित भएका हुन् ।

विगत एक दशकदेखि सुर्खेतमा रहेर मानवअधिकारको क्षेत्रमा क्रियाशील सेजुवाल एम्नेस्टी इन्टरनेसनल नेपाल, लयर्स समूह ६९, सुर्खेतको पूर्व संयोजक तथा एम्नेस्टीकै काँक्रेविहार युथ नेटवर्कको संस्थापक संयोजक पनि हुन् । शान्ति समाजको केन्द्रीय सचिव भएपछि सेजुवालले मानवअधिकारको क्षेत्रमा जिम्मेवारीवोधका साथ अझ सशक्त भएर अगाडी बढ्नुपर्ने आफुमाथि थप दायित्व थपिएको प्रतिक्रिया दिए ।
स्थानीय स्तरमा मानवअधिकारको क्षेत्र सँगसँगै विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत क्रियाशील सेजुवाल युवाहरुको संस्था जेसीज, ज्येष्ठ नागरिक संघ लगायत केही गैर सरकारी संघ संस्थाहरुमा समेत आवद्ध छन् ।

मानव अधिकार तथा शान्ति समाजको १९ राष्ट्रिय अधिवेशनले निवर्तमान सभापति गंगाधर अधिकारको सभापतित्वमा मनोनित सहित ३३ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ ।