नेपाल श्रीलंकासँग आठ विकेटले पराजित

नेपाली महिला टोली टी–२० एसिया कपको आफ्नो दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको छ । सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।

कमजोर ब्याटिङ गरेको नेपाल २३ रनमा अलआउट भएको थियो । २४ रनको लक्ष्य श्रीलङ्काले ४‍.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।  नेपालका आठ खेलाडी शुन्य रनमा आउट भएपछि नेपालको स्थिति दयनीय बनेको थियो।

थाइल्यान्डमा भइरहेको प्रतियोगितामा सोमबार श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो। जसमा ज्योति पाण्डेले सर्वाधिक १६ रन बनाएकी थिइन्। खाता खोल्ने अन्य खेलाडीमा सिता रानामगरले ४ र कप्तान रुबिना क्षेत्रीले १ रन बनाइन्।

प्रकाशित मितिः   १३ मंसिर २०७३, सोमबार १४:२६