चुली र कुपिण्डे सेमिफाइनलमा
वीरेन्द्रनगरमा जारी प्रदेशस्तरीय चुली कप भलिबल प्रतियोगितामा आयोजक चुली युवा क्लब र सल्यानको कुपिण्डे क्लब सेमिफाइनमा प्रवेश गरेका छन् । बिहीवार भएको खेलमा घरेलु टोली चुलीले बादेपिपल युवा क्लब सिम्ता र दैलेखलाई हराउँदै सेमिफाइनलमा पुगेको छ । चुलीले दैलेखलाई ३ शून्यको सोझो सेटमा पराजित गरेको हो । उक्त क्लबले अपराजित यात्रा कायम राख्दै चार अंक जोडेको छ ।
यस्तै सल्यानले सिम्तालाई पराजित गर्दै सेमिफाइलनमा पुगेको हो । यसअघि उद्घाटन खेलमा उत्तरपश्चिम पृतनाको नेपाल आर्मीसँग पराजित भएको कुपिण्डेले बिहीवार भने जित निकालेको हो । आज (शुक्रवार) विहान क्वाटरफाइनलका दुई वटा खेल हुनेछन् भने दिउँसो सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले दुई लाख र उप–विजेताले एक लाख ५० हजार रुपैयाँ पाउने छन् । त्यस्तै, तेस्रोले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ तथा उत्कृष्ट खेलाडीलाई पनि विधागत रुपमा पुरस्कृत गरिने बताइएको छ । यो भलिबल प्रतियोगिता प्रदेशमै अहिलेसम्मको ठूलो पुरस्कार राशीको भएको आयोजको दाबी छ ।
प्रकाशित मितिः १३ चैत्र २०७७, शुक्रबार ०६:००
साझा बिसौनी ।