छोराले गरे बाबुको हत्या

सुर्खेत: पूर्वी सुर्खेतमा एक जनाले आफ्ना बाबुको हत्या गरेका छन् । गुर्भाकोट नगरपालिका–६ मुकारेका लोकेश वलीले ६० वर्षीय बाबु नन्दराम वलीको हत्या गरेका हुन् । घरको बरण्डामा रहेको खाटमा सुतिरहेका बाबुको लोकेशले घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बाबुको हत्या गर्ने लोकेशलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनचन्द ठकुरीले जानकारी दिए । हत्याको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १२ चैत्र २०७७, बिहीबार ०६:००