उपाध्याय सफल महिला उद्यमीमा छनौट

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ चैत ।
युवा महिला उद्यमी हिमकुमारी उपाध्याय सफल उद्यमीमा छनौट भएकी छन् । ‘एक महिलाका लागि सफलता अर्को महिलाका लागि प्रेरणा’ भन्ने उद्देश्यले केयर नेपालले उपाध्यायसहित देशभरबाट १५ जना उत्कृष्ट महिला उद्यमीहरू छनौट गरेको हो । सुर्खेतबाट उपाध्याय छनौट हुन सफल भएकी हुन् ।
भवानी छापाखाना सुर्खेतका प्रोप्राइटर उपाध्यायले वि.सं. २०६८ सालदेखि छापाखाना व्यवसाय सञ्चालन गर्दै आएकी छन् । ४६ जिल्लाका दुई सय ६० जना महिला उद्यमीहरूमध्ये १५ जना उत्कृष्ट महिला उद्यमी छनौट गरिएको हो । प्रारम्भिक चरणमा सङ्कलन भएका आवेदनहरू मध्येबाट ६० जना महिला उद्यमी अन्तर्वार्ताका लागि छनौट भएका थिए ।
केयर नेपालका अनुसार नेपालगन्ज, बुटवल र इटहरीमा ६० जना महिला उद्यमीहरूको दुई दिने अनुभव आदान–प्रदान कार्यक्रम राखिएको थियो । अन्तर्वार्ताबाट १५ जना उत्कृष्ट महिला उद्यमी छनौट गरिएको जनाइएको छ । 
सुर्खेतका ढाँका उद्योगबाट कमला चौधरी र टेलरिङ व्यवसायी रमना परियार छनौट भएका छन् । यस्तै कैलालीबाट दुई जना महिला उद्यमी छनौट भएका छन् ।
प्रकाशित मितिः   ४ चैत्र २०७२, बिहीबार १२:३५