व्यवसायीलाई वित्तीय साक्षरता

नेपाल बैंकर्स एशोसिएसन कर्णाली प्रदेशले व्यवसायीका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कर्णाली प्रदेशका व्यवसायीहरूमा बैंकिङ्ग तथा वित्तीय विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

साक्षरता कार्यक्रममा व्यवसायीमा बैंकिङ्ग कर्जा, कर तथा डिजिटल बैंकिङ्ग, कृषि सहुलियत योजना, कोभिड–१९ बाट प्रभावित ग्राहकका निम्ति बनाइएका नीति र योजनाहरू सम्बन्धी ज्ञानमा आधारित विषयमा प्रशिक्षण दिइएको थियो । नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शालिग्राम पोख्रेलले बैंकहरू धेरैभन्दा धेरै ग्राहकको पहुँचमा पु¥याइने बताए । उनले वित्तीय पहुँचमा कर्णाली प्रदेशपछि परेको भन्दै बैंकहरूले सेवा प्रवाह प्रभावकारी रूपमा गर्नुपर्ने सुझाए । ‘पछिल्लो समय स्थानीय तहसम्म बैंक पुगेका छन् । तर सेवाग्राहीको पहुँच अझै पुगेको छैन,’ उनले भने, ‘सेवाग्राहीको माग र आवश्यकता हेरेर सेवा प्रवाह गर्न आवश्यक छ ।’

नेपाल बैंकर्स एशोसिएसन केन्द्रीय समितिको सहयोगमा भएको साक्षरता कार्यक्रम प्रदेश समितिका संयोजक राजकुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बैंकहरूबाट मनोनयन भएका व्यवसायी ग्राहकहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १० चैत्र २०७७, मंगलवार ०८:५६