पानीको अतुलनीय मूल्य
सन्दर्भ: विश्व पानी दिवस

संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९९३ मा मार्च महिनाको २२ तारिखलाई विश्व पानी दिवस भनेर घोषणा गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरेको पनि करिब तीन दशक पूरा भइसकेछ । यो वर्ष विश्व पानी दिवस–२०२१ को विषयवस्तु ‘पानी मूल्यवान छ’ भन्ने रहेको छ । पानीको महŒव यसको मूल्यभन्दा धेरै छ अर्थात् अर्को अर्थमा भन्ने हो भने पानी जीवन हो जसको मूल्य अतुलनीय छ । पानीले हाम्रो घरपरिवार, खाना, संस्कृति, स्वास्थ्य, शिक्षा, अर्थशास्त्र र हाम्रो प्राकृतिक वातावरण सञ्चालनका लागि उच्च र अतुलनीय महŒव राख्दछ ।
गत वर्षदेखि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणको जोखिमको सन्दर्भमा यसबाट बच्न सरसफाइको पहिलो हिस्सा पानीले नै लिएको छ । यसकारण पनि कोरोना महामारीकाबीच पानीको महŒव झन् बढेको छ । कोरोनाको संक्रमणबाट बच्न यो बेला कुनै पनि काम गर्दा वा वस्तु छोइसकेपछि र खाना खानु अघिपछि मिची–मिची हात धुन भनिएको छ । यो बेला थोपाथोपा पानीको निकै महŒव छ । तर पछिल्लो समय बढ्दो शहरीकरण, जलवायु परिवर्तनको असर, मान्छेका आनीबानीका कारण पानीको श्रोत संरक्षणमा भने चुनौती थपिँदै गएको छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्य र पानीको यो महŒवलाई जगाइ राख्न पानी दिवसको यो वर्षको नारामा पानीको अतुलनीय मूल्यलाई भल्काइएको छ । कतिपय देशहरूमा अझै सामूहिक भेला भइ गरिने कार्यक्रम गर्न नसकिए पनि पानीको महŒवलाई लिएर थुप्रै चिन्ता गरिएका छन् । हाल कोराना संक्रमण तुलनात्मक रूपमा केही कम देखिएको परिपे्रक्षमा नेपालमा यो दिवस मनाइँदैछ ।
पछिल्लो समय बढ्दो सहरीकरण, जलवायु परिवर्तनको असर, मान्छेका आनीबानीका कारण पानीको श्रोत संरक्षणमा भने चुनौती थपिँदै गएको छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व पानी दिवस मनाउने गरिन्छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महŒवबारे सर्वसाधारणमा चेतना जगाउन हरेक अंग्रेजी वर्षको मार्च २२ मा पानी दिवस मनाउने गरिएको हो ।
महत्व सम्झाउने दिन
मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा झण्डै सवा दुई अर्ब मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । पानीको स्रोत घट्दै गएकाले यो संख्या अझ बढ्न सक्ने बताइन्छ ।
संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन्् । असुरक्षित पानी र कमजोर सरसफाइका कारण हरेक वर्ष करिब आठ लाख ४२ हजार जना मान्छे मर्ने गरेका विश्व स्वास्थ्य संगठनले जनाएको छ । तीव्र जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ । सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्ने तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । अहिले नै करिब एक अर्ब ८० करोड मानिस मरुभूमिकरणको जोखिममा रहेको अवस्थामा आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्ने अनुमान गरिएको छ र पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । अहिले नै करिब एक अर्ब ८० करोड मानिस मरुभूमिकरणको जोखिममा रहेको अवस्थामा आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको भए पनि त्यसको करिब तीन प्रतिशत मात्र खास प्रयोगमा आउन सक्छ । त्यसैमा हाम्रो जस्तो हिमालपहाड समथल भू–भाग भएको देश जलवायु परिवर्तन, अत्यावधिक जनसंख्या वृद्धि तथा मानव क्रियाकलापहरूले सन् २०५० सम्ममा तापक्रम वृद्धिले हिउँ पग्लिन गइ नदीनालाहरू तथा रिचार्ज हुने पानीको मात्रा घट्न गइ पानीको विकराल समस्या भइ जनजीवन नराम्ररी प्रभावित हुने विज्ञहरूले औंलाएका छन् । यसको पछिल्लो उदाहरणको रूपमा हामी कर्णाली प्रदेशको सुर्खेतलाइ नै लिन सक्छौं । १० वर्ष अगाडी वीरेन्द्रनगरमा ल्याइएको झुप्राखोला र इत्रामखोलामा पानीको मात्रा सो आयोजना डिजाइन गर्दाको पानीको प्रवाहमा निकै कमी आइसकेको छ । त्यसपछि दुई वटा मुहानको पानी थपी पानी ल्याउदा समेत हाल फागुन चैत्रदेखि नै प्रदेश सदरमुकाम वीरेन्द्रनगरमा पानीको चरम समस्या भइसकेको छ । नगरवासीहरूको धारामा तीन दिनको अन्तरालमा पानी आउन थालेको छ । जब कि मुहानको पानी कम हुने सुख्खा महिना आउन अझै बाँकी छ ।
तत्कालै सुरु गर्न सकिने उपायहरू
विश्व पानी दिवसको अवसरमा माथि अनुसारको समस्याबाट पार पाउन र अन्य थप विकराल परिस्थिति आउन नदिन तपसिल किसिमका केही सामान्य उपायहरू तत्कालै सुरु गरी कार्यान्वयन गर्न प्रतिबद्धता जाहेर गर्न सके यस्ता दिवस मनाएको सार्थक हुन्थ्यो ।
(क) एकीकृत जलस्रोत योजना
यो दिवस एक दिन पानीको महŒव बयान गरे सभा, सम्मेलन, वेभनार आयोजना गरेर मात्र होइन बरु जलस्रोतको धनी देश नेपाललाई स्थानीय तह हँुदै राष्ट्रियस्तरमा जलस्रोतको एकीकृत व्यवस्थापनको अवधारणाअनुसार जलस्रोतका विभिन्न उपयोगहरूको समग्र जलउपयोग गुरुयोजना बनाइ सोको कार्यान्वयनमा स्थानीय, प्रदेश तथा संघीय सरकारले सबै सरकारी गैरसरकारी तथा निजी क्षेत्रको सहभागिताका लागि साझा पहल गर्नु पर्ने देखिन्छ ।
(ख) जल भण्डारको सामूहिक पुनर्भरण अभियान
विश्वको ३० प्रतिशत स्वच्छ पानीको स्रोत भूमिगत जलभण्डार रहेको छ । अमेरिकाको एक विश्वविद्यालयले सन् २००३ र २०१३ को अवधिमा गरेको एक अध्ययनअनुसार ३७ वटा ठूला भूमिगत जलभण्डारमध्ये एक तिहाई संख्याका जलभण्डारमा गम्भीर रूपमा पानीको परिमाणमा ह्रास आएको पाइएको थियो । ती जलभण्डारमा ज्यादै थोरै मात्रामा मात्र वर्षातको पानी जम्मा हुनु वा हुँदै नहुनु त्यसको कारण हुन् । सबैभन्दा बढी संकटापन्न यस्ता भूमिगत जलभण्डारमध्ये एसियाका करिब ८८ प्रतिशत क्षेत्रमा पानीको संकट देखा परेको छ जुन आफैमा भयानक नराम्रो संकेत हो ।
यसका लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले निश्चित मापदण्ड बनाइ सबैको सामूहिक सहभागितामा भूमिगत जलभण्डारको संरक्षणका लागि भूमिगत रिचार्ज अभियान सञ्चालन गर्न अबेर भइसकेको छ । हालैका दिनमा यस सम्बन्धमा काठमाडौं महानगरपालिकाले गरेको निर्णय सह्रानीय छ । अब हामीले अन्य नगर तथा गाउँपालिकामा समेत जलस्रोतको एकीकृत अवधारणा बनाइ भूमिगत जलभण्डारको संरक्षणका लागि आफ्नो गाउँ नगर सुहाउँदो सामूहिक पुनर्भरण (रिचार्ज) अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ ।
(ग) राष्ट्रिय लक्ष्य कार्यान्वयनमा हातेमालो
सरकारले सबै जनतालाई आधारभूत स्तरको खानेपानी र सरसफाइ सुविधा पु¥याउने राष्ट्रिय लक्ष्य लिएको छ र यो २०१७ मै पूरा गर्ने भनिएता पनि केही ढिला हुन गएको छ । सरसफाइ क्षेत्रमा सबै पक्षले हातेमालो गरेजस्तै सबै जनतालाई आधारभूत स्तरको खानेपानी सुविधा पु¥याउन दिगो विकास लक्ष्यले तय गरे अनुसारका विभिन्न खानेपानी र सरसफाइ क्रियाकलापहरू अगाडि बढाउनुपर्ने हुन्छ । यसरी पहिलो चरणमा माथिका विभिन्न उपायहरूको कार्यान्वयनमा ल्याउने प्रतिबद्धतासँगै पानीको महŒवबारे जनचेतना जगाउने र स्रोतको दिगो व्यवस्थापन गर्न नीति निर्माण तहको ध्यानाकर्षण गराउन सके यस वर्षको पानी दिवस मनाउनको सार्थकता हुने थियो । नेपालमा विश्व पानी दिवस मनाएको भोलिपल्ट मार्च २३ मा मनाइने मौसम दिवसकै सन्दर्भ पारेर नेपालमा पानी तथा मौसम दिवस सँगसँगै मनाउने गरिन्छ जुन आफैमा मौलिक त छँदैछ साथै प्रकृतिलाई भगवानको रूपमा पुज्ने हामी नेपालीहरूका लागि प्रकृति र पानीको अन्तरसम्बन्धलाई महŒव दिने अर्को पर्व पनि हो ।
(लेखक एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम सुर्खेतको वास प्रबन्धक हुन् ।)
प्रकाशित मितिः १० चैत्र २०७७, मंगलवार ०८:५२
साझा बिसौनी ।