मुख्यन्यायाधिवक्तामा खनाल

कर्णाली प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता मातृकाप्रसाद खनालले सपथ ग्रहण गरेका छन् । उनलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुुख गोविन्दप्रसाद कलौनीले प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् । शुक्रवार प्रदेश प्रमुुख कलौनीको उपस्थितिमा उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायधीश राजेश्वर तिवारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

यसअघि मुख्यन्यायाधिवक्तामा विद्याभूषण मानन्धर थिए । उनले फागुन १३ गते मुख्यन्यायाधिवक्ताको पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । लामो समयदेखि अधिवक्ताको रूपमा काम गर्दै आएका खनाल दैलेख निवासी हुन् । मुख्यन्यायाधिवक्ताले प्रदेश सरकारलाई कानुनी सल्लाह दिनेलगायतका काम गर्ने व्यवस्था छ ।

प्रकाशित मितिः   ७ चैत्र २०७७, शनिबार ०६:००