श्रष्टालाई सम्मान

संस्कृतिविद् सत्यमोहन जोशीलाई कर्णाली साहित्य समाजले साधना सम्मान प्रदान गर्ने भएको छ । शताब्दी पुरुष जोशीलाई समाजले ‘कर्णाली साहित्य साधना’ सम्मान दिने भएको हो । उनलाई ताम्रपत्रसहित सम्मान गरिनेछ । समाजले यो पुरस्कार गत वर्ष कवि हरिहर अधिकारी ‘श्यामल’लाई प्रदान गरेको थियो ।

समाजले बिहीवार सम्मान तथा पुरस्कारको बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यही चैत ११ गते विशेष कार्यक्रमको आयोजना गरी कला, भाषा र साहित्यको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गर्न लागिएको समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ले बताए ।

कर्णालीको लोक संस्कृति लगायत दर्जनौ कृतिका लेखक जोशी मदन पुरस्कार विजेतासमेत हुन् । जोशीले कर्णालीलाई चिनाउन गरेको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको हो ।

समाजले २०७६ सालमा प्रकाशित भएका कृतिहरू मध्येबाट छनोट गरी ललित विष्टको कथाकृति ‘मोहपथ’लाई ‘कर्णाली साहित्य समाज कृति’ पुरस्कार प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशी ५० हजार रूपैयाँ रहेको छ । गत वर्ष यो पुरस्कार कथाकार महेशविक्रम थापाको कृति ‘मरीचिका’ले पाएको थियो । यस्तै यो पटकको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ वरिष्ठ लोक साधक प्रेमदेव गिरीलाई प्रदान गरिनेछ । उक्त पुरस्कार २५ हजार राशीको छ । समाजले गत वर्ष यो पुरस्कार लेखक बुद्धिसागरलाई प्रदान गरेको थियो ।

प्रकाशित मितिः   ६ चैत्र २०७७, शुक्रबार ०६:००