दुुई चरणमा एक लाख बढीलाई कोरोनाविरुद्धको खोप

कर्णाली प्रदेशमा अहिलेसम्म एक लाख बढीले कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा एक लाख चार हजार ७२ जनाले खोप लगाएका हुन् । सरकारले गएको माघ १४ गतेदेखि पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरू गरेको थियो । कर्णालीमा दुुवै चरणमा खोप लगाइएको थियो । दोस्रो चरणको खोप अभियान गएको फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म सञ्चालन भएको हो ।

प्रदेशभर दोस्रो चरणमा मात्रै ७७ हजार ८२ जनाले खोप लगाएका छन् । निर्देशनालयका सूचना अधिकारी लोदनारायण चौधरीले दोस्रो चरणको प्राथमिकतामा परेका ७६ प्रतिशतले खोप लगाएका हुन् । पहिलो चरणमा २६ हजार नौ सय ९० जनालाई खोप दिइएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, र पत्रकारलगायतलाई खोप लगाइएको थियो भने दोस्रो चरणमा ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो । प्रदेशमा दोस्रो चरणमा मात्र एक लाख एक हजार २७ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो । यो चरणमा सबैभन्दा बढी सुर्खेतमा १९ हजार सात सय ७१ जनाले खोप लगाएका छन् ।

यस्तै, दैलेख १२ हजार सात सय ७२, सल्यानमा नौ हजार पाँच सय ४६, रुकुम–पश्चिममा सात हजार ५७, जाजरकोटमा ६ हजार ६ सय ४६, जुुम्लामा ६ हजार ४१, कालीकोटमा पाँच हजार ६ सय ३२, डोल्पामा दुई हजार चार हजार ८६, मुगुमा तीन हजार एक सय ४१ र हुम्लामा तीन हजार ९० जनाले खोप लगाएका हुन् । हुुम्लामा भने खोप लगाउने अभियान अहिले पनि जारी छ । अन्य नौ जिल्लामा दोस्रो चरणको खोप अभियान सकिएको हो । दोस्रो डोजको खोप अभियान केन्द्रले समय तालिका सार्वजनिक गरेपछि सुरू हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः   ५ चैत्र २०७७, बिहीबार ०६:००