गाइज

गिडीदह साहित्य सम्मेलन–२४७७

गाइज


साहित्य सम्मेलनको नाम जुम्लाको गिडीदहबाट राखिएको भए पनि, उद्देश्य कर्नाली विश्वमा चिनाउने भए पनि, स्थानीय मुद्दामा पेचिलो बहस चलाउने भएपनि मान्ठ त काठमाडौंकै चाहिन्छन् । उनीहरू जति जानेका बुझेका को छन् र ? काठमाडौंमा बस्यो भने उसै पनि जान्ने नै हो ।

महेश नेपाली

नेपालमा विक्रम संवत् नै चलिरहेको छ । वि.सं चलाउने वक्रमाधित्य भारतका हुन् । भारत आफैले पनि इस्वी सम्वतमा तिथिमिति गणना गरिरहेको छ । हर्क गुरुङले यो कुरा उठाएको चार सय वर्ष भन्दा बढी भइसक्यो । अब विक्रम संवत् नेपालकै भइसक्यो ।

त्यसैले ‘गिडीदह साहित्य सम्मेलन’को मिति पनि विक्रम संवतमा नै घोषणा गरिएको छ । वि.सं. २४७७ साल चैत २१, २२ र २३ गते ।

चैत १२ गते भिजाएको बिउ, १६ गते उतारेर, २० गते बेर्नामा छरेर मान्छेहरू उभो लाग्ने तयारी गरिरहेका छन् । पच्चिसौं शताब्दीमा पनि जुम्लीहरूले धान फलाउने परम्परागत तरिकालाई बचाइ राखेका छन् । एक्काइसौं शताब्दीमा चलेको महिमाका कारण जुम्लीहरू मार्सी धान संरक्षणमा लागेका हुन् ।

त्यसैले गिडीदह साहित्य सम्मेलनमा एउटा सेसन ‘मार्सीको महिमा’ भन्ने छ । त्यसमा सहभागिता जनाउने चार जनामा तीन जना पुरुष छन् भने एक जना महिला । जसमा महिला र पुरुष गरी दुई जना उपाध्याय थरका छन् भने एक क्षेत्री र अर्का पाण्डे थरका छन् ।

क्षेत्री थरका व्यक्ति मोडरेटरको भूमिकामा छन् । उनले मार्सी धानले शारीरिक विकासमा कस्तो योगदान दिएको छ भन्ने विषयमा केन्द्रित रहेर वक्ताहरूसँग छलफल चलाउने भनि सामाजिक संजालमा पोष्ट गरेका छन् । उनी तीन–चार वर्षयता एउटा अनलाइनमा लेखहरू लेखेर निकै चर्चित छन् । त्यसैले उनी गिडीदह साहित्य सम्मेलन सकेसम्म चिरपरिचित वक्ताहरू हुनुपर्ने खुला बहस गर्दै हिडेका छन् । नत्र साहित्य सम्मेलनले खासै उचाइ लिदैन भन्ने उनको मत छ ।

कर्नालीको विकासले फड्को मारेको छ । एक्काइसौं शताब्दी भन्दा अगाडि साउन पूर्णिमा अगाडि तिर्थ यात्रा गर्नेहरूले मात्र वर्षको एक पटक दुई दिन लगाएर जाने ठार्कज्यूमा आजभोलि मान्छेहरू तीन रूपियाँको रेलको टिकट काटेर, तीन मिनेटमा, तीन सयको कफि खान बिहानै पुग्छन् । तीन रूपियाँमै फर्केर घरको भान्सामा जडान गरेको मेसिनमा बनेको आलु र फापरको पिज्जा खाएर अफिस जान्छन् ।

गिडीदह साहित्य सम्मेलनको प्रचारमा कुनै फ्लेक्स र पोष्टर प्रयोग गरिएको छैन । पोष्टर र फ्लेक्सको बारेमा प्रेसका विद्यार्थीहरू इतिहासको रूपमा अध्ययन गरिरहेका छन् । अहिले त जम्मै डिजटल बोर्डहरू छन् । त्यो पनि त्यहाँ जाने रेलको डिब्बामा । कार्यक्रम स्थलमा पनि डिजिटल बोर्ड नै प्रयोग गरिएको छ ।

ठार्कुज्यू जुम्लाको प्रसिद्ध प्रयटकीय गन्तव्य हो । सूचना प्रविधिको विकासले यो क्षेत्र विश्वभर प्रख्यात छ । बर्सेनी युरोपबाट मात्र चार लाख बढी पर्यटकले यो क्षेत्रको भ्रमण गर्छन् । चिनियाँ पर्यटकको लागि नेपालीहरू रूपइडिहा गएजस्तै छ ।

रंग फेर्ने गिडीदहको नामबाट साहित्य सम्मेलन आयोजना हुन थालेपछि थप चर्चा चलेको छ । त्यहाँ गिडीदहा, शंकदह, हुडक्या दह, बिष्टज्यू, ठार्कुज्यू लगायत पाँचवटा ताल छन् । वि.सं. २४७५ बाट सुरु भएको साहित्य सम्मेलनको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चर्चा त्यो भन्दा दोब्बर छ । तेब्बर चर्चित मान्छेहरू सहभागी हुने हुनाले काठमाडौंका मिडिया बेस्मारी तातेका छन् ।

एक महिना अगाडि नै बोल्ले वक्ता र सञ्चालकको नाम बाहिर आएपछि सामाजिक संजालमा अलिअलि आलोचना पनि भइरहेको छ । सिन्डिकेटको बहसले सामाजिक संजालले खासै आराम पाएका छैनन् । त्यो देखेर काठमाडौंको एउटा मिडियाले जवाफ दिने कार्यक्रम नै राखिदियो । त्यो गुण तिर्न आयोजकले उनका सम्पादकलाई फेरी पनि साहित्य सम्मेलनमा सहभागी गराउने निर्णय ग¥यो ।

न्यानो आथित्यताको लागि एक हप्ता अगाडि नै उनको नाममा बिष्टज्यू पाँचतारे होटलको भव्य कोठा बुक गरियो ।

अर्का एक जना वरिष्ठ पत्रकार पनि तेस्रो पटक दोहोरिएका छन् । आयोजकको सुरुको छलफल आलोचनाबाट बच्नलाई भएपनि सकेसम्म वक्ता र सञ्चालक नदोहो¥याउने भन्ने गरेको थियो । तैपनि उनीलाई तेहे¥याउन प¥यो । किनभने उनको पुस्ताले बिसौं शताब्दीतिर कर्नालीको भोकमरी र गरिबीलाई मिडियामा देखाउन महŒवपूर्ण भुमिका खेलेको रहेछ ।

यो गुन तिर्ने अरु मेसो नमिलेपछि आयोजक सरुको छलफल जाबोमा कम्पर्माइज गर्ने लाग्यो । त्यसमाथि आयोजकको महŒवपूर्ण हिस्सा बनेका एक सदस्यसँग उनको पुस्ताको गोत्र मिल्ने । गोतियार–सँधियार जस्ता झगाडिया पनि हुँदैनन् । भाइचाराको सम्बन्ध हुन्छ ।

दिउँसो देश विकासको भव्य बहस भए पनि राति सभ्य हुन रक्सी खानुपर्छ भन्ने मान्यता बोकेका उनीहरूको लागि मेड इन अमेरिका वाला चार कार्टुन स्याउको रक्सी मगाइएको छ ।

सबै परिपाटी मिलेको साहित्य सम्मेलनको नाम जुम्लाको गिडीदहबाट राखिएको भए पनि, उद्देश्य कर्णाली विश्वमा चिनाउने भए पनि, स्थानीय मुद्दामा पेचिलो बहस चलाउने भएपनि मान्ठ त काठमाडौंकै चाहिन्छन् । उनीहरू जति जानेका बुझेका को छन् र ? काठमाडौंमा बस्यो भने उसै पनि जान्ने नै हो ।

उसो त राजधानी बस्ने जति आफूलाई थोरै भए पनि उच्च कोटीका सम्झिन्छन् । हिजो इतिहासमा मोफसल भएका प्रदेश राजधानीमा बस्नेहरूको मानसिकता पनि त्यसरी नै विकास भयो ।

चार सय वर्षमा पनि राम्रा प्रकाशन गृहहरूले काठमाडौं छोड्न सकेका छैनन् । उनीहरूले नै देशभर किताब पठाइरहेका छन् । जसरी अमेरिकी फर्मुलाको कोकाकोला विश्वभर पुगिरहेको छ ।

यो सिन्डिकेट उनीहरूले बहुराष्ट्रिय कम्पनीबाट सिकेका हुन । त्यसैले भूगोल जतिसुकै विकसित भए पनि व्यवस्था उही भएको हुनाले सिन्डिकेटसँग कसैले सकेको छैन । सरकार पनि उनीहरूले नै चलाएका छन् । भौतिक विकास राम्रो भएको हुनाले विकासे गुनासो सुन्नुपरेको छैन ।

मान्छेको चेतनामा खासै परिवर्तन आउन सकेको छैन । किनभने अब सत्ताले मान्छेहरूको तर्क शक्ति भुत्ते बनाउने गरि पाठ्यक्रमको निर्माण गरिरहेको छ । सामाजिक विषयको पठनपाठन बन्द गरेर उत्पादन हुने जनशक्तिलाई प्राविधिक बनाइरहेको छ । त्यसैले धेरैलाई यो ‘कियर’को विषय पनि बन्न सकेको छैन ।

अब त पूर्वका, तराइ मधेशका, हिमालाका र घुम्ती साहित्य सम्मेलनमा समेत उनीहरूकै बोलवाला छ । त्यसैको चेपुवामा परेको छ बिचारा, ‘गिडीदह साहित्य सम्मेलन’ ।

फोनको घण्टी बज्छ । भोलुम फुल भएको रहेछ । त्यसैले बक्रामको निद्रा खुल्छ । उठ्नेबेदासम्म फोन कल मिस्डकल भइसकेको हुन्छ । मोबाइलको स्क्रिनले दुई बजेको देखायो । उसलाई कल ब्याक गर्न मन लागेन । बिउझनु भन्दा अगाडि देखेको सपनालाई रिकल ग¥यो ।

उसले केही बोलेन । मात्र सोच्यो । अनि मुख खोलेर एउटा प्रश्न ग¥यो, ‘के चार सय वर्ष पछि पनि मान्छेको नियत यस्तै होला ?’

प्रकाशित मितिः   २९ फाल्गुन २०७७, शनिबार ०६:०३