दुर्घटनामा दुई जनाको मृत्यु
मिनीबस दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेख सडकखण्डको आठबीस नगरपालिका–१ टुईकुनामा बिहीवार मिनीबस दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा कालिकोटको भर्ताका अन्दाजी ३८ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेको प्रहरीले जानकारी दिएको छ । कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख २४७ नम्बर बस दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुप श्रेष्ठले जानकारी दिए । बस राजमार्गबाट करिब ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १८ यात्री सवार रहको दिए ।
प्रकाशित मितिः २८ फाल्गुन २०७७, शुक्रबार ०८:४१
साझा बिसौनी ।