निःशुल्क स्वास्थ्य शिविर

शिवरात्रीको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । वीरेन्द्रनगर जेसीज र वीरेन्द्रनगर जुुनियर जेसीजले जनस्वास्थ्य सेवा कार्यालय सुुर्खेत, स्वास्थ्यचौकी लाटीकोइली र वीरेन्द्रनगरको ९ नम्बर वडा कार्यालयसँगको समन्वयमा लाटीकोइलीस्थित शिव मन्दिरमा बिहीवार शिविर आयोजना गरेको हो ।

शिवरात्रीको अवसरमा मन्दिरमा दर्शन गर्न पुुगेका भक्तजनहरूलाई स्वास्थ्य सेवा दिइएको हो । स्वास्थ्य शिविरबाट दुई सय ३० जनालाई सेवा दिइएको वीरेन्द्रनगर जेसीजका अध्यक्ष कमलप्रसाद लामिछानेले जानकारी दिए । स्वास्थ्य शिविरमा प्रदेश अस्पतालका विशेषज्ञ डा. सुुशील समदर्शी, डा. निधि थापालगायत स्वास्थ्यकर्मीहरूले मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

अध्यक्ष लामिछानेले जेसीजले युवाहरूको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यहरू पनि गर्ने गरिएको बताए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुुरेश मानन्धर, जनस्वास्थ्य सेवा कार्यालय सुुर्खेतका प्रमुुख चेतननिधि वाग्लेलगायतको सहभागिता रहेको थियो । यसका साथै जेसीजल लागूऔषध दुव्र्यसनबाट बच्न सचेतनामूलक पर्चा वितरण समेत गरेको थियो ।

प्रकाशित मितिः   २८ फाल्गुन २०७७, शुक्रबार ०८:३९