संविधान संशोधन प्रस्ताव दर्ता भएन

सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संशोधन प्रस्ताव आइतवारको बैठकमा पनि दर्ता हुन सकेन ।

मन्त्रिपरिषद बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि संविधान संशोधन प्रस्ताव दर्ता हुने मिति लम्बिने भएको हो । प्रधानमन्त्री प्रचण्डले सहमतिको प्रयास जारी रहेको जानकारी दिएका हुन् ।

यसअघि हिजो बसेको सत्तारुढ दलको बैठकले आइतबार मधेसी मोर्चासँग छलफल गरेर संसद बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठक भोलि(सोमवार) पुनः बस्नेछ ।

प्रकाशित मितिः   १२ मंसिर २०७३, आईतवार १७:०४