प्रेमदेव गिरीले निर्देशन गरेको फिल्म बन्यो उत्कृष्ट

ratकाठमाण्डौमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सवमा सुर्खेती कलाकार प्रेमदेव गिरीले निर्देशन गरेको फिल्म उत्कृष्ट भएको छ । सुर्खेतको अर्का कलाकार रत्नबहादुर विश्वकर्माको जीवनमा आधारित रहेर यो फिल्म बनाइएको हो ।

 रत्नबहादुरको जीवनकथा समेटिएको  ‘द ज्वेल इन द कोब्राज हेड’ (नाग सर्पको टाउकोमा मणि) शीर्षकको फिल्म २८ मिनेट लामो छ । सुर्खेतवासी लोकसंस्कृतिविद् प्रेमदेव गिरीले निर्देशन गरेको फिल्ममा एउटा साधारण युवकलाई माओवादी शक्तिले देखाएको प्रलोभन र आफ्नो स्वार्थ पूरा भएपछि ‘बीच बाटामै छाडिदिएको’ कथा सांगीतिक वादन (मादल र बाँसुरी) मार्फत समेटिएको छ ।

महोत्सवमा स्पेन, चिली, कम्बोडिया, बंगलादेश, जर्मनी, अमेरिका, भारतलगायत मुलुकका फिल्मको सहभागिता रहेको थियो ।