बालबालिका संरक्षणमा जोड

बालबालिकाको संरक्षणमा नेपाल प्रहरीको भूमिका महŒवपूर्ण हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद्ले बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको बालबालिका खोजतलास नं. १०४ सञ्चालन तथा बालअधिकार सम्वद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

प्रहरीले बालबालिकाको सवालमा काम गर्दा संवेदनशील हुनुका साथै बालमैत्री सेवालाई जोड दिनुपर्ने उनीहरूले औंल्याएका छन् । बालबालिका शारीरिक र मानसिक रूपले अपरिपक्व हुने भएकोले सुरक्षाको प्रत्याभूति दिलाउन बालमैत्री वातावरण बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका हुन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी बसन्तकुमार पन्तले कर्णालीका बालबालिका जोखिममा रहेको र घरबाटै असुरक्षित भएको पाइएकाले त्यसतर्फ सचेतना गराउन आवश्यक रहेको बताए । प्रहरीले विभिन्न संघ–संस्था, राष्ट्रिय बाल अधिकार परिषद् लगायतसँग समन्वय गरेर संरक्षण गर्दै उनले जनाए । बालबालिका हराउन वित्तिकै र केही समस्या भएपछि प्रहरीमा जानकारी आउने हुुँदा प्रहरीले यसतर्फ संवेदनशील बनेको उनको भनाइ थियो । प्रदेशमा मुगुु र हुम्लाबाहेक आठ जिल्लामा बालबालिका खोजतलासका लागिटोल फ्रि नं. १०४ सञ्चालन गरिएको छ ।

यस्तै, राष्ट्रिय परिषद्का परियोजना संयोजक आत्मराम थापाले बालबालिकाका सवालमा कसरी काम गर्दा सहज हुुन्छ भनेर बाल संवेदनशीलता अपनाउनुपर्ने बताएका छन् । हिंसा दुव्र्यवहार, शोषण र उपेक्षामा परेका बालबालिकालाई संरक्षण गर्नुपर्नेमा उनको जोड छ । हराएका तथा बेवारिसे फेला परेका बालबालिका संरक्षण गर्ने पहिलो निकाय प्रहरी यसमा गम्भीर बन्नुपर्ने बताए । सचेतना, रोकथाम, उद्धार, अनुगमन, उजुरी प्रक्रिया, उपचार र पुनस्र्थापनामा प्रहरीले विशेष ध्यान दिनुपर्ने थापाको भनाइ थियो ।

बालबालिकाका समस्या बुझेर प्रहरीले बालमैत्री वातावरण बनाउन मनोविमर्श, सरल भाषा र उसको आत्मसम्मानमा ध्यान दिनुुपर्ने प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताए । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलसहित प्रदेशका विभिन्न जिल्लामा रहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २७ फाल्गुन २०७७, बिहीबार ०९:४४