महिलालाई सीपमूलक तालिम
डेढ महिने सिलाइ कटाइ तालिम सम्पन्न भएको छ । तालिमबाट १६ जना महिलाले सिलाइ कटाइको सीप सिकेका छन् । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको आयोजना तथा जनसेवा सामुदायिक सिकाइ केन्द्र लेकवेशी नगरपालिका–४ को समन्वयमा ४५ दिने सिलाइ कटाइ तालिम सञ्चालन भएको थियो । निर्देशनालयको महिला आय–आर्जन कार्यक्रम अन्तर्गत भएको सीपमूलक तालिम लेकवेशीको दशरथपुरमा सञ्चालन गरिएको हो ।
यस्तै, बुधवार भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवम् कर्णाली प्रदेशसभा सदस्य सीता नेपालीले ग्रामीण क्षेत्रमा सञ्चालन हुने यस्ता सीप तथा आय–आर्जनका कार्यक्रमहरूले महिलालाई आत्मनिर्भर बनाउने बताइन् । महिलाहरूको जीवनस्तर उकास्न तालिम प्रभावकारी बन्ने विश्वास उनले व्यक्त गरिन् । समापन कार्यक्रममा जनसेवा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष यज्ञबहादुर रेग्मी, शिक्षा विकास निर्देशनालयका शिक्षा अधिकृत विना थापा तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २७ फाल्गुन २०७७, बिहीबार ०९:४२
साझा बिसौनी ।