निर्देशकसहित चार जनाको राजीनामा
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)कानुुन संकाय स्कुल अफ ल का निर्देशकसहित चार जना उप–प्राध्यापकले राजीनामा दिएका छन् । उनीहरूले सोेमवार विश्वविद्यालय प्रशासन समक्ष संयुक्त राजीनामा बुझाएका हुन् । स्कुल अफ ल का निर्देशक अर्जुुनबहादुर अयडी, उप–प्राध्यापकहरू सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले राजीनामा दिएका छन् ।
शैक्षिक सत्र २०७७÷७८ का लागि फागुन १७, १८ र १९ गते स्नात्तक तह (बीए, एलएलबी) को प्रवेश परीक्षा भएको थियो । विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारले प्रवेश परीक्षाको नतिजा प्रकाशनमा आफूहरूलाई अनावश्यक दबाब दिएको आरोप लगाएका छन् । यसले आफूहरूको पेसागत मर्यादामा नै आँच आएको र नैतिकता, दक्षता, निष्पक्षता तथा पदीय आचरणमाथि मानमर्दन भएको बताएका छन् । यसैकारणले संयुक्त रूपमा राजीनामा दिन बाध्य भएको राजीनामा पत्रमा उल्लेख छ । यसअघि पनि बारम्बार स्कुुल अफ ल को टिमलाई विश्वविद्यालय प्रशासनले अपहेलित गरेकोले आफ्नो जिम्मेवारीबाट नैतिकताको आधारमा राजीनामा दिनुपरेको निर्देशक अयडीले बताए ।
प्रकाशित मितिः २५ फाल्गुन २०७७, मंगलवार ०७:३७
साझा बिसौनी ।