उद्यमीलाई बजारको समस्या

उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुले बजार नपाएको गुनासो गरेका छन् । उद्यमी महिलाहरूले उत्पादन गरेका वस्तुको बिक्री-वितरण समस्या रहेको बताइएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आइतवार कणर्ाली प्रदेशसभाको सामाजिक विकास समिति तथा संसद् सहयोग परियोजनाले आयोजना गरेको अन्तक्रियाका सहभागी उद्यमीले यस्तो बताएका हुन् । वीरेन्द्रनगर-१२ की उद्यमी तुल्सी बुढाथोकीले बजार व्यवस्थापन सम्बन्धी नीति नुहँदा समस्या झेल्नुपरेको बताइन् । उनले उत्पादित वस्तुको बजार व्यवस्थापन नीति निर्माण गर्नका लागि कणर्ाली प्रदेशसभा सदसयहरूलाई आग्रहसमेत गरिन् ।

‘म च्याउ खेती गर्छु । बजार नपाएपछि च्याउ जति सुकेर खेर जान्छ । हामीले उत्पादन गरेका वस्तु सहज बिक्री हुने वातावरण बनाइदिनुपर्‍यो,’ उनले भनिन् । उद्यमीलाई उद्यमशीलताको तालिम सँगसँगै बजार व्यवस्थापनको ज्ञान पनि आवश्यक रहेको उनको भनाइ थियो ।

कणर्ालीको उत्पादन कणर्ालीमै खपत हुने खालको नीति पनि आवश्यक रहेको कार्र्यक्रमका सहभागीले औंल्याएका छन् । वीरेन्द्रनगरकै उद्यमी शान्ता शर्माले कच्चा पदार्थ बाहिरबाट ल्याउँदा निमाण गरिने सामग्री महँगो हुने हुँदा बिक्रीमा समस्या हुने गरेको सुनाइन् । कच्चा पदार्थको व्यस्थापन यतै हुने र उत्पादित वसतु पनि यहीँ खपत भइदिए उदमीलाई सहज हुने उनी बताउँछिन् । अगरबत्ति उत्पादन गर्दै आएकी शर्माले बजार व्यवस्थापनका लागि सरकारले नै अग्रसरता लिनुपर्ने जनाइन् । कार्यक्रममा सहभागी अधिकांश सहभागीहरूले उद्यमीलाई सहज रूपमा ऋणको उपलब्धता, तालिम, बजार व्यवस्थापन र नयाँ प्रविधिमा जोड्नुपर्ने धारणा राखेका थिए ।

दिवसको दिन श्रमिक महिलाहरूका सवाल सुनेर नीति निर्माण तहमा कार्यान्वयनका लागि सहज होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले बताइन् । यस्ता दिवसमा श्रमिक महिलाको सहभागिता जरुरी रहेको उनको भनाइ छ । अन्तक्रिया कार्यक्रममा प्रदेशसभा सदस्य पद्मा खड्का, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ‐यूएनडीपी)को संसद् सहयोग परियोजनाका रफिम सिद्धिकी, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख मुकुन्दनाथ योगी, नेपाल बंैक लिमिटेडका प्रमुख गणेश खत्रीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७७, सोमबार ०९:३१