हतियारसहित एक जना पक्राउ

सुर्खेतमा हतियार देखाएर सर्वसाधारणलाई तर्साउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एयर गन नामको हतियारसहित प्रहरीले शनिवार राति वीरेन्द्रनगर-६ का ३० वर्षीय आजाद इद्रीशीलाई पक्राउ गरेको हो । हतियार देखाएर विभिन्न व्यक्तिहरूलाई तर्साउने, धम्की दिने लगायतका गतिविधिमा ती व्यक्ति संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सर्वसाधारणबाट गुनासो आएपछि प्रहरीले उनीमाथि निगरानी राखेको थियो ।

उनले वीरेन्द्रनगरस्थित एक मोटरसाइकल ग्यारेजमा एयर गन राखेका थिए । ग्यारेजको खानतलासी गर्दा प्रहरीले हतियार फेला पारेको हो । पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले एयर गन कहाँबाट ल्याइएको हो भन्नेबारे पनि नखुलेको बताइएको छ ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७७, सोमबार ०९:१९