जितेगडामा ‘फेरी’ सञ्चालन
कर्णाली कोरिडोर जोड्ने कालीकोटको जितेगडास्थित कणर्ाली नदीबाट यातायातका साधन सञ्चालनका लागि फेरी सञ्चालनमा आएको छ । पहिला सञ्चालनमा रहेको फेरी गत वर्ष असारको अविरल वर्षापछि नदीमा आएको बाढीले बगाएको थियो । फेरी नहुँदा कर्णाली कोरिडोरमा चल्ने सवारीसाधन तार्न कठिनाइ हुने गरेको थियो । कणर्ाली प्रदेश सरकारको सहयोगमा फेरी पुनः सञ्चालनमा ल्याइएको हो ।
फेरी पुनःनिर्माणको लागत अनुमानका आधारमा प्रदेश सरकारले भुक्तानी गर्ने बताइएको छ । कणर्ाली कोरिडोरमा चल्ने सवारीसाधन ओसारपसार गर्नका लागि अब निकै सहज हुने फेरी निर्माणको सहजीकरण गरेका स्थानीय अनन्त बराल बताउँछन् । कणर्ाली कोरिडोरमा गाडी सञ्चालन गर्नुपरेमा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला हुँदै कालीकोटसम्म गाडी भिœयाउनुपर्ने अवस्था थियो । जितेबजारबाट बग्दै गएको कणर्ाली नदीमा फेरी सञ्चालनमा आएपछि यातायातका साधन आवतजावतमा सहजता हुने भएको छ ।
प्रकाशित मितिः २४ फाल्गुन २०७७, सोमबार ०९:१८
साझा बिसौनी ।