निःशुल्क स्वास्थ्य शिविर

कर्णाली प्रदेश प्रहरी श्रीमती संघले दन्तरोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दैलेखको गुराँस गाउँपालिका-८ लालीकाँडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिएका छन् ।

शिविरमा सामान्य स्वास्थ्य जाँचसँगै दन्तरोग सम्बन्धी सेवा सञ्चालन गरिएको कणर्ाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए । कणर्ाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार पन्तको प्रमुख आतिथ्यतामा भएको शिविरमा गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली, कणर्ाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव श्रेष्ठ, दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७७, सोमबार ०९:१४