दुई प्रदेशका प्रमुखबीच भेटवार्ता
कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाबीच भेटवार्ता भएको छ । दुई प्रदेश प्रमुखबीच शनिवार प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगरमा भेटवार्ता भएको हो । नियुक्ति पश्चात् सबै प्रदेशका प्रदेश प्रमुखहरूसँग भेटघाटमा निस्किएका झाले सो क्रममा कर्णालीका प्रदेश प्रमुखसँग पनि भेट गरेका हुन् ।
झाले कर्णालीका प्रदेश प्रमुख कलौनीलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निम्तो समेत गरेका छन् । प्रदेश प्रमुख कलौनीले उपयुक्त समयमा प्रदेश २ को भ्रमण गरिने बताए । भेटघाटमा दुवै प्रदेश प्रमुखहरूबीच अनुभव आदान–प्रदान र प्रदेश प्रमुखको कार्यालयका गतिविधिको बारेमा कुराकानी भएको कर्णाली प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
प्रकाशित मितिः २३ फाल्गुन २०७७, आईतवार १२:२०
साझा बिसौनी ।