आश्रमलाई आर्थिक सहयोग

वीरेन्द्रनगरस्थित मानव सेवा आश्रमलाई एक लाख एघार हजार एक सय ११ रूपैयाँ सहयोग गरिएको छ । लायन्स क्लब अफ सुर्खेत दोभानचौरको समन्वयमा कर्णाली प्रदेश समाज जापानले आश्रमलाई आर्थिक सहयोग गरेको हो ।

शुक्रवार एक औपचारिक कार्यक्रमकाबीच नगद हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बिटु का को–अर्डिनेटर एमजेएफ टीकाराम चपाइँले आश्रमका प्रदेश संयोजक सिर्जना ओलीलाई नगद हस्तान्तरण गरेका हुन् ।

सहयोग प्रदान कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य उत्तम शर्मा, मोटे ग्याङ्ग नेपालका अध्यक्ष कुमार शम्शेर थापा र तनाव छ जिन्दगी नामक संस्थाका अध्यक्ष संजय योगी लगायतको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ सुर्खेत दोभानचौरका उपाध्यक्ष शोभा बस्नेतले गरेकी हुन् ।

कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले आगामी दिनमा पनि सेवामूलक कार्यमा सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७७, शनिबार १०:४५