प्रमुख सचिवलाई आयोगको पत्र

राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयले कर्णाली प्रदेश सरकारका प्रमुख सचिवलाई पत्र पठाएको छ । आयोगले मानव अधिकारको टोलीमाथी दुव्र्यवहार गरेको विषयमा प्रमुख सचिवसँग जानकारी माग गरेको हो ।

राष्ट्रिय मानवअधिकार आयोगले घटनाबारे के भएको हो ? बुझ्न तीन दिनभित्र जानकारी उपलब्ध गराउन माग गरेको छ । फागुन १९ गते भूमि, आवास, शिक्षा लगायतका मागका लागि धर्नामा बसेका वादी समुदायको अवस्था बुझ्न गएको टोलीमाथी प्रमुख सचिव चन्द्रमान श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले दुव्र्यवहार गरेको आरोप लागेको थियो । आयोगको शाखा कार्यालय नेपालगञ्जका प्रमुख झंकरबहादुर रावलसहितको टोलीलाई प्रहरी लगाइ कार्यकक्षबाट बाहिर निकाल्ने प्रयास भएको उनीहरूको आरोप छ ।

सोही विषयमा आयोगमा प्रतिवेदन गएपछि शुक्रवार आयोगको केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ती समेत जारी गरेको छ । तीन दिनभित्र सत्यतथ्य के भएको हो जानकारी गराइदिनु होला भन्ने व्यहोराको पत्र प्रमुख सचिव श्रेष्ठ र सचिव पौड्याललाई पठाइएको छ ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७७, शनिबार १०:४२