सामुदायिक विद्यालयमा ‘जङ्क फूड’ निषेध

सामुदायिक विद्यालयमा ‘जङ्क फूड’ खुवाउन निषेध गरेको छ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा दिवाखाजा ‘जङ्क फूड’ खुवाउन निषेध गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फूड’ दिन नपाइने उल्लेख छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको छ ।

सरकारले कर्णालीमा प्रतिविद्यार्थी दैनिक २० र अन्य प्रदेशका विद्यार्थीलाई १५ रूपैयाँका दरले दिवा खाजाको रकम उपलब्ध गराउने भएको छ ।

सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको जनाइएको छ । सोअन्तर्गत देशभरका २९ लाख ४० हजार सात सय ८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने छ । सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक २० र अन्य क्षेत्रमा विद्यार्थीलाई १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको छ ।

 

 

प्रकाशित मितिः   ५ फाल्गुन २०७७, बुधबार ०७:३२