पाँच जना संक्रमित थपिए

कर्णाली प्रदेशमा पाँच जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रवार १३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । महाशाखाले सुर्खेतका चार र कालीकोटका एक जनामा संक्रमण देखिएको जनाएको छ ।

योसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या सात हजार पाँच सय ४२ पुगेको छ । शुक्रवार थप पाँच जना नै कोरोना संक्रमणमुक्त भएका छन् । योसहित कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या सात हजार तीन सय ३७ पुगेको छ । अहिलेसम्म संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ ।

यस्तै, शुक्रवार देशभर एक सय २७ जनामा संक्रमण पुष्टि भएको छ । चार हजार जनाको पीसीआर परीक्षण गर्दा एक सय २७ जनामा कोरोना पुष्टी भएको हो । नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार पाँच सय ५७ पुगेको छ । तीमध्ये दुई लाख ६८ हजार सात सय ९६ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण देखिएका दुई हजार बढीको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १ फाल्गुन २०७७, शनिबार ०९:०८