सात जिल्ला संक्रमणमुक्त
कर्णाली प्रदेशका तीन जिल्लामा मात्रै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित छन् । प्रदेशका १० मध्ये सात जिल्ला हाल कोरोना संक्रमणमुक्त भएका हुन् । कर्णालीका सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला, मुगु, दैलेख र जाजरकोटमा अहिले कोरोनाका संक्रमित छैनन् ।
प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा एक हजार ६ सय ८४, जाजरकोटमा एक सय ५९, सल्यानमा ६ सय ९३, रुकुम–पश्चिममा दुई सय ५७, कालीकोटमा तीन सय ३१, हुम्लामा ६१ र मुगुमा ४१ जनामा कोरोना संक्रमण देखिएको थियो । ती सबै जिल्लाका कोरोना संक्रमित निको भएका हुन् ।
महाशाखाका अनुसार हाल कर्णालीका तीन जिल्ला सुर्खेत, जुम्लामा र डोल्पामा मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा ९७ हजारभन्दा बढीलाई कोरोना परीक्षण गरिएकोमा सात हजार पाँच सय २८ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएकामध्ये ३१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः २७ माघ २०७७, मंगलवार १०:२१
साझा बिसौनी ।