स्थापना दिवसमा हाजिरीजवाफ

सुर्खेत, ४ चैत । (साबिस)
वातावरण सुधार समाज र वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना दिवस संयुक्त रूपमा मनाइएको छ । दिवसको अवसरमा बिहीवार वीरेन्द्रनगरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । सहकारीको १३ औं र समाजको २० औं स्थापना दिवसको अवसरमा बिहीवार 
विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । प्रतियोगितामा उषा बालवाटिका उच्च मावि प्रथम भएको छ भने एसओएस हर्मन माइनर उच्च मावि द्वितीय, चिल्ड्रेन्स प्याराडाइज उच्च मावि तृतीय र जनप्रिय मावि सान्त्वना भएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यालयका विद्यार्थीहरूलाई नगद रकमसहित पुरस्कार पनि प्रदान गरिएको छ । वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा समाज र सहकारीका सल्लाहकार कृष्णप्रसाद पौडेल, सहकारीका उपाध्यक्ष देवकुमार सुवेदी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः   ५ चैत्र २०७२, शुक्रबार १०:४७