युवाले गरे सरसफाइ

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ चैत ।
नेपाल क्रान्तिकारी युवा संघको आज (शुक्रवार) देखि सुर्खेतमा हुने छैटौं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा बिहीवार वीरेन्द्रनगर बजार सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष मणिराम तिवारीले संघको यो कार्यक्रमलाई सिर्जनात्मक सोचको निरन्तरता भएको बताए । 
सम्मेलनको आयोजनाले सुर्खेतका युवाहरूमा उत्साह थपेको जिकिर समेत उनले गरे । त्यस्तै कार्यक्रममा बोल्दै संघका पूर्व केन्द्रीय सदस्य जनक सुनारले नेपाल क्रान्तिकारी युवा संघको  सम्मेलन देशको सार्वभौमिकताको पक्षमा भएको चर्चा गरे । उनले सम्मेलन सफलताको निम्ति सुखेत बासीलाई सहभागी हुन आव्हान समेत गरे ।
स्थानीय मंगलगढीचौकबाट सुरु भएको सरसफाइ कार्यक्रम बुद्धपथ हु“दै नेताचौकमा पुगेर समापन भएको थियो । कार्यक्रममा नेक्रायुसंघका रामकृष्ण प्रजापति, नेक्राविसंघका लक्ष्मी दाहालस“गै वीरेन्द्रनगर नगरपालिकाका सरसफाइ शाखा प्रमुख टीका थानीले समेत भनाइ राखेका थिए ।