फिफा बरियतामा नेपाल ५ स्थान माथि उक्लियो

पछिल्लो समय लगातार विजयी यात्रामा रहेकाे नेपाल विश्व फुटबल महासंघ फिफाले बिहीबार जारी गरेको वरियता क्रममा ५ स्थान माथि उक्लिएको छ । नेपाल हाल १ सय ८१ औं स्थानमा रहेको छ । यसअघि नेपाल १८६औं स्थानमा थियो।

फिफाको नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भारत सबैभन्दा माथि १३७औं स्थानमा छ। यस्तै अफगानिस्तान २ स्थान तल झर्दै १ सय ४७ औं स्थानमा छ ।

त्यस्तै ४ स्थान माथि उक्लिएको माल्दिभ्स १ सय ५४ औं, ३ स्थान माथि उक्लिएको भुटान १ सय ७६ औं, नेपालभन्दा पछि बंगलादेश १ सय ८३ औं स्थानमा छ। यस्तै श्रीलंका १ सय ९५ औं र पाकिस्तान १ सय ९६औं स्थानमा छन् ।

फिफा वरियताको शीर्ष स्थानमा अर्जेन्टिना कायमै छ। १ स्थान माथि उक्लदै ब्राजिल दोस्रो स्थानमा छ। १ स्थान तल झरेको जर्मनी तेस्रो स्थानमा रहँदा दुई स्थान माथि उक्लिएको चिली चौथो र एक स्थान तल झरेको बेल्जियम पाँचौ स्थान छ। यस्तै कोलम्बिया छैठौ स्थानमा छ। सातौदेखि १० स्थानसम्म क्रमशः फ्रान्स, पोर्चुगल, उरूग्वे, स्पेन छन्। एसियाली राष्ट्रमा सबैभन्दा माथि इरान ३०औं स्थानमा छ।

प्रकाशित मितिः   ९ मंसिर २०७३, बिहीबार १८:२१