जनमैत्री कानुन निर्माणमा जोड
कानुन बनाउँदा नागरिकहितलाई ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । नागरिक संवाद केन्द्र सुर्खेतले बुधवार वीरेन्द्रनगरमा अयोजना गरेको कार्यक्रमका सहभागीहरूले कानुन जनमैत्री हुनुपर्ने बताएका हुन् ।
कर्णाली प्रदेशसभा सदस्य राजु नेपालीले हरेक कानुन बनाउँदा जनतालाई नै ध्यान दिइने बताइन् । मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष पीताम्बर ढकालले खाद्य सुरक्षा र अखाद्य वस्तुको व्यापारबारे अनुगमन गर्ने संयन्त्र र कानुन आवश्यक रहेको औल्याए । ‘बजारमा सञ्चालित विभिन्न पसलहरूमा म्याद गुज्रिएका सामग्री रहेको हुदाँ त्यस्ता पसलहरूको तत्काल अनुगमन गरि कारबाहीको लागि कानुन निर्माण गर्न जरुरी छ’ उनले भने । साथै प्रदेशसभामा पारित भएका ऐनहरूको राम्रोसँग कार्यन्वयन हुन नसकेको उनको भनाइ थियो । मानव अधिकारकर्मी लक्ष्मी शर्माले प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि कानुन चाहिएको धारणा राखिन् ।
प्रकाशित मितिः १५ माघ २०७७, बिहीबार ०९:१५
साझा बिसौनी ।