लागूऔषधसहित एक जना पक्राउ

 

लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २५ वर्षीय सरोज पन्तलाई ब्राउन सुगरसहित प्रहरीले सोमवार राती पक्राउ गरेको हो ।

पन्त शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा प्रहरीले खानतलासी गरेको थियो । उनको साथबाट पाँच पुडिया ब्राउनसुगर बरामद गरी नापतौल गर्दा प्लाष्टिकसहित पाँच सय ७० मिलीग्राम र प्लाष्टिकबाहेक शुद्ध नापतौल गर्दा दुई सय ८० मिलीग्राम ब्राउन सुगरको धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ ।

उनले लुकाइछिपाई राखेको दुई लाख ४३ हजार ४० रूपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पन्तलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मितिः   १४ माघ २०७७, बुधबार ०८:१७